मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

· आइतबार, २१ असार, २०८३ मा प्रकाशित
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
काठमाडौं, असार २१ :

प्रतिनिधिसभका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताए।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए।

बयालिस वर्ष अघि चार जना विद्यार्थीबाट सुरु भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौँ क्षेन नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे । 

नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

विद्यालयका प्राधानाध्यापक विष्णु पनेरुले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार