सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार

गणेश नेपाली मृत्यु प्रकरण : न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन

शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ असार, २०८३ मा प्रकाशित
गणेश नेपाली मृत्यु प्रकरण : न्यायको माग गर्दै वीर अस्पताल अगाडि प्रदर्शन
फाइल तस्बिर ।
काठमाडौं, असार २७ :

मुगुका गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको घटनामा न्यायको माग गर्दै शनिबार वीर अस्पताल अगाडि प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरूले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्री तथा रास्वपा सभापतिले घटनाको जिम्मेवारी लिनु पर्ने माग गरेका छन्। यता, पीडित पक्षले शव बुझ्न नमानेपछि मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

घटनाबारे पीडित पक्ष र सरकारी निकायबीच वार्ता जारी रहे पनि समाचार तयार पार्दासम्म कुनै सहमति जुट्न सकेको छैन। त्रिपुरेस्वरस्थित राहदानी विभाग अगाडि उनको उनको मोटरसाइकललाई महानगर प्रहरी बलले ह्विल लक गरेपछि उनले सोही मोटरसाइकलबाट पेट्रोल झिकेर आत्मदाहको प्रयास गरेका थिए । 

शरीरका ५० प्रतिशत भन्दा बढी भाग जलेका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । मृतकका परिवारहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र  मृतकका परिवारलाई क्षतिपूर्ती, रोजगारी र छोराछोरीलाई नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार