सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
समाचार प्रदेश मधेस प्रदेश

उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ असार, २०८३ मा प्रकाशित
उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा आठ जना घाइते
धनुषा, असार २७ :

धनुषाको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार गाडी र एम्बुलेन्स एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान करिब ६:२० बजे दुर्घटना भएको हो।

बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको उपमेयर भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार पाँच जना तथा उपमेयर भुजेल सवार गाडीमा रहेका तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार