सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश कर्णाली प्रदेश

कर्णाली नदीमा गाडीसहित बेपत्ता चालकको शव भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ असार, २०८३ मा प्रकाशित
कर्णाली नदीमा गाडीसहित बेपत्ता चालकको शव भेटियो
सुर्खेत, असार २७ :

कर्णाली नदीमा गाडीसहित बेपत्ता भएका चालकको शव नौ दिनपछि भेटिएको छ।

शनिबार बिहान चालक तलाराम सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका-२ जमगडास्थित कर्णाली नदीको किनारमा चालक तुलारामको शव फेला परेको हो। सुर्खेतको पञ्चपुरी नगरपालिका-८ माझिगाउँका तुलाराम गाडी मालिक पनि हुन्।

सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको गाडी असार १८ गते सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको थियो। गाडीमा सह-चालक रामप्रसाद स्वेदी अझै बेपत्ता छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार