बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार

विपद्मा परेकाको उद्धार तथा राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टरलगायत उपलब्ध गराउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
विपद्मा परेकाको उद्धार तथा राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टरलगायत उपलब्ध गराउने
काठमाडौं, असार ३० :

विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा सञ्चालक सङ्घ, नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नुपरेमा निःशुल्क उपलब्ध गराउने र उपत्यकाबाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।

यसैगरी नेपाल ड्रोन सङ्घसँगको समझदारीअनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनु पर्नेछ । सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ ।

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखेर माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत्सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ । राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ । यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनःनवीकरण गर्न सकिनेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य तथा समन्वय जरुरी हुने बताए । उनले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने जिकिर गर्दै निजी क्षेत्रको सेवा भावप्रति आभार व्यक्त गरे ।

यसैगरी वायुसेवा सञ्चालक सङ्घ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजविक्रम महर्जन र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षाका लागि आफूहरुले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका उपसचिव फणिन्द्रप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार