बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

कीर्तिपुरमा जलेको कारभित्र शव फेला, मृतकको पहिचान खुल्न बाँकी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ साउन, २०८३ मा प्रकाशित
कीर्तिपुरमा जलेको कारभित्र शव फेला, मृतकको पहिचान खुल्न बाँकी
काठमाडौं, साउन ५ :

काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा जलेको निजी कारभित्र एक व्यक्तिको शव फेला परेको छ। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । 

प्रहरी परिसर काठमाडौंका अनुसार बिहान ११ बजेर २० मिनेटमा   बा५च ३०३८ नम्बरको निजी गाडी सार्वजनिक स्थानमा रोकेर राखिएको अवस्थामा एक्कासि आगलागी भएको देखिएको थियो। केहीबेरपछि आगो निभाउने क्रममा गाडीभित्र एक व्यक्ति जलेको अवस्थामा रहेको थाहा भएको प्रहरीले जनाएको छ।उक्त कार नबिल बैंकबाट ऋण लिएर किस्तामा खरिद गरेको खुलेको छ ।

प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।घटनाको कारण खुल्न नसकेको भन्दै प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार