बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
प्रतीकात्मक तस्बिर ।
दाङ, साउन ६ :

दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मनिराम चन्दको निर्माणाधीन घरको खाली पानी ट्याङ्कीमा आज दुई जना पुरुष मृत अवस्थामा भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। प्रारम्भिक सूचनाअनुसार मृतकमध्ये एक जना ठेकेदार र अर्का एक जना मजदुर हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले ट्याङ्कीभित्र अक्सिजनको कमीका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र पुष्टि हुने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार