सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
राजनीति

गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन

समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन
काठमाडौं, साउन ६ :

सरकारले गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो।  पीडित पक्षबीच भएको ९ बुँदे सहमति अनुसार  सरकारले समिति गठन गरेको हो।

समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य छन्। बैठकले समितिलाई सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ। मुगुको सोरु गाउँपालिका–१ का नेपालीको गत असार २६ गते वीर अस्पतालकोमा उपचारको क्रममा निधन भएको थियो। गत असार २५ गते काठमाडौँ त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार