दाङ, साउन १८: दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।
आज साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
अटोमा सवार पाँच जनामध्ये तीन जना सकुशल छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।