बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

सुरुङमार्ग शुभारम्भ हुँदैगर्दा स्थानीयवासीद्वारा विरोध प्रदर्शन

आयोजना पीडितहरुलाई रोजगारी सुनिश्चित गर्नुपर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ साउन, २०८३ मा प्रकाशित
सुरुङमार्ग शुभारम्भ हुँदैगर्दा स्थानीयवासीद्वारा विरोध प्रदर्शन
काठमाडौं, साउन ११ :

नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा शुभारम्भ हुँदैगर्दा स्थानीय  पीडितहरुले भने विरोध प्रदर्शन गरेका छन् ।

नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न पाँच बुँदे माग राख्दै सुरुङमार्ग प्रवेश सडक अगाडी विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने , सडक पेटी फराकिलो बनाउनुपर्ने, नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना पीडितहरुलाई रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइट व्यवस्था गर्नुपर्ने र फ्लाइ ओभरको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ हुनुपर्ने उनीहरुको माग छ । नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्गसम्म पुग्ने सडकमा आवतजावत गर्न स्थानीयलाई समस्या भएकाले आफुहरुले जायज मागका साथ प्रदर्शन गरेको उनीहरुको भनाइ छ । 

प्रदर्शनकारीहरुले आफूहरुको जायज माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार नै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार