
नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा शुभारम्भ हुँदैगर्दा स्थानीय पीडितहरुले भने विरोध प्रदर्शन गरेका छन् ।
नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न पाँच बुँदे माग राख्दै सुरुङमार्ग प्रवेश सडक अगाडी विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने , सडक पेटी फराकिलो बनाउनुपर्ने, नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना पीडितहरुलाई रोजगारी सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइट व्यवस्था गर्नुपर्ने र फ्लाइ ओभरको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ हुनुपर्ने उनीहरुको माग छ । नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्गसम्म पुग्ने सडकमा आवतजावत गर्न स्थानीयलाई समस्या भएकाले आफुहरुले जायज मागका साथ प्रदर्शन गरेको उनीहरुको भनाइ छ ।
प्रदर्शनकारीहरुले आफूहरुको जायज माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार नै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन गरेका छन्।