शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

देशमा दङ्गा र अशान्ति भइरहँदा प्रधानमन्त्री बेखबर : पद्मा अर्यालले मागिन् राजीनामा

‘शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
देशमा दङ्गा र अशान्ति भइरहँदा प्रधानमन्त्री बेखबर : पद्मा अर्यालले मागिन् राजीनामा
काठमाडौं, साउन १४ :

नेकपा एमालेले शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले सुननसरी घटनामा राज्यले शान्ति सुरक्षा र सद्भाव कायम गर्न पूर्ण रूपमा असफल भन्दै संवाद र विश्वासको सट्टा राज्य आफैले त्रास सिर्जना गरी सुनसरी लगायतका क्षेत्रमा घटनालाई थप उत्तेजित बनाएको आरोप लगाइन् ।

उनले देशमा दङ्गा र अशान्ति भइरहँदा प्रधानमन्त्री बेखबर रहेको भन्दै आलोचना गरिन् ।  प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र नभई संकटको बेला जनताको बिचमा गएर नेतृत्व लिन र संवाद गर्नका लागि भएको उनले बताइन्।

अर्यालले काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने तर अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन, थुना बस्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरिन् । उक्त घटनाको नैतिक जिम्मेवारी लिनको निम्ति सरकार तयार हुनुपर्ने उनको भनाइ छ ।

उनले मुलुकलाई सुदृढ बनाउन र जनताको सुरक्षाको निम्ति सरकारसित हातेमालो गर्दै देशमा शान्ति र सद्भाव कायम गराउने अभियानमा सामेल हुन आफुहरु तयार रहेको धारणा राखिन् ।

साथै उनले उत्तेजना, आवेग र प्रतिशोधले नोक्सान मात्र पु¥याउने भएकाले सम्पूर्ण आम नागरिक, स्थानीय वासी र धार्मिक तथा सामाजिक अभियन्ताहरूलाई संयमता अपनाई शान्ति र सद्भाव कायम गर्न आग्रह समेत गरिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार