शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
प्रदेश बागमती प्रदेश

बसको ठक्करबाट कार सुनकोसीमा खस्यो, चालकसहित तीनजना बेपत्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
बसको ठक्करबाट कार सुनकोसीमा खस्यो, चालकसहित तीनजना बेपत्ता
सिन्धुली, साउन १८ :

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा आज दिउँसो बसले ठक्कर दिँदा कार सुनकोसी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङ हुँदै खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ। कारको नम्बर भने खुल्न सकेको छैन।

प्रहरीका अनुसार कारमा चालकसहित तीन जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बेपत्तामध्ये चालकको परिचय खुल्न बाँकी छ। अन्य बेपत्तामा सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र एक जना हेल्पर रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको छ। बेपत्ताहरूको खोजी जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार