शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

खोलाले बगाएर बेपत्ता

सक्रिय न्युज · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
काठमाडौं, साउन १९ :

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।

रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उहाँको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।                   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार