आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका #दसैँघर#बेत्रावतीमा बेलीब्रिज#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका
राजनीति भिडियो

सरकार छोटो समयमा नै असफलतातिर अघि बढ्यो : विप्लव

सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देश बिना चलेको जस्तो देखियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
सरकार छोटो समयमा नै असफलतातिर अघि बढ्यो : विप्लव
फाइल तस्बिर ।
काठमाडौं, साउन २० :

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन्। उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।

जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उनले बताए । विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा बिना धरौटी सहजै रिहाइ भइरहेको प्रति चिन्ता व्यक्त गरे ।

सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देश बिना चलेको जस्तो देखिएकाले जनता अन्योलमा परेको उनको भनाइ छ । साथै उनले विद्यमान प्रणाली र सरकार असफलतातिर गइरहेकाले नेपाली युवा, जेन–जी र सर्वसाधारणको सहभागितामा स्पष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक प्रस्तावसहित नयाँ निकास खोज्नुपर्नेमा जोड दिए ।

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई परम्परागत र पुराना शैलीबाट मात्र नहेरी गम्भीर समीक्षा र व्यापक बहस गर्नुपर्ने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार