काठमाडौं, साउन २२ :

त्रिभुवन  विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकाय डीनको कार्यालय अन्तर्गत संचालित ग्राजुएट स्कुल अफ एजुकेसन एम फिल २२ औं ब्याजका दोस्रो सेमेस्टरको परीक्षा सकिएको एक हप्तामै नतिजा सार्वजनिक गरिएको छ ।

२०८३ श्रावण ४ गतेबाट सुरु भई २०८३ श्रावण १३ गतेसम्म संचालन भएको उक्त परीक्षाको नतिजा बिहिबार निकालिएको हो ।

बिहिबार बसेको डीन कार्यालयको परीक्षा समितिको बैठकको निर्णय अनुसार  परीक्षाफल प्रकाशित गरिएको हो । शिक्षा, अंग्रेजी, स्वास्थ्य, गणित, समावेशी ,नेपाली, सोसल स्टडिज र फिजिकल शिक्षा गरी ८ वटा बिषयका विद्यार्थीहरुको नतिजा निकालिएको हो । यी मध्ये सबैभन्दा धेरै अंग्रेजीका विद्यार्थी उत्तीर्ण भएका छन् ।

विश्वविद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्य राखेसंगै सोही अनुरुप परीक्षा सम्पन्न भएको एक हप्तामै दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन गरिएको ग्राजुएट स्कुल अफ एजुकेसनका निर्देशक सह प्रा.डा.रविन्द्र शिवाकोटीले बताए ।