काठमाडौं, साउन २२ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको काम गर्ने ढङ्ग नपुगेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए ।
मधेसको समस्याप्रति सरकार सचेत हुनुपर्ने बताउँदै झाले त्यहाँको असन्तुष्टि अझै कायमै रहेको बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीले गरिब नागरिकलाई २५ रुपैयाँको चिप्समा चेकजाँच गर्ने तर एयरपोर्टमा धनीहरूले ब्लु लेबल र ल्यापटप सहजै ल्याउन पाउने विभेदकारी सोचको उनले विरोध गरे ।
नेपालको अर्थतन्त्र सुधारका लागि मधेस, प्रवास र निजी क्षेत्रलाई साझेदार बनाउनुपर्ने उनको प्रस्ताव छ। निजी
क्षेत्र अहिले त्रसित रहेको रहेको उनको भनाइ छ । देशका ठुला भनिएका व्यवसायी कतिखेर थुनिनु पर्ने हो भन्ने चिन्ताले लगानी गर्न ठराइरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
जेनजी प्रदर्शनकारीका फौजदारी मुद्दा फिर्ता प्रक्रिया अघि बढाउँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइने
उपसभापति शर्माको प्रतिवेदन : लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणमा जोड