सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

वर्तमान सरकारको सय दिन सफल भएको कानुनमन्त्रीको दाबी

· बिहीबार, २ कात्तिक, २०८१ मा प्रकाशित
वर्तमान सरकारको सय दिन सफल भएको कानुनमन्त्रीको दाबी
पर्सा, कात्तिक २ :

कानुन न्याय तथा सङ्घीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गर्नुभएको छ ।

प्रमुख दुई दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी संसद्को हिउँदे अधिवेशनमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरु पारित हुने बताउनुभयो । 
आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासंग सम्बन्धित बाँकी विधेयक पनि पारित हुने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार