काठमाडौं, साउन २६ :

सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गरेको हो । 

व्यवसायी दिपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सो बराबरको धरौटी माग गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोल्छासँग २ अर्ब ७३ करोड ३३ लाख बराबर बिगो दाबी गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छा हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष पनि हुन् । उनलाई सीआईबीले १० वैशाखमा काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।