रौतहट, साउन २७ :

लालबकैया नदीमा हिजो नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव  फेला परेको छ ।

दुवै जनाको शव आज बिहान नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एक बालक र दुई बालिका लालबकैया नदिमा हिजो बेपता भएका थिए ।

हराएकामध्ये भने एक बालिक अझै बेपत्ता छिन ।

हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।