धनुषा, साउन २७ :

धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आ*त्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका- ४ की फुलकुमारी रजकले पेट्रोल शरीरमा खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।

बुधबार दिउँसो अदालत अगाडि मिटरब्याज पीडितले नारावाजी गर्दै विरोध प्रदर्शन गर्दै गर्दा उनले आत्मदाहको प्रयास गरेकीहुन्। न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको उनको अरोप छ।