मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

राष्ट्रियसभाको शून्य समयमा कसले के भने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
राष्ट्रियसभाको शून्य समयमा कसले के भने ?
काठमाडौं, साउन २७ :

राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा उनीहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिए ।

नेपाली कांग्रेसका कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी भए पनि जनताले सहजै ग्यास पाउन नसकेको जनाउँदै ग्यासको आपूर्ति र बिक्रीवितरण सम्बन्धमा सभालाई जानकारी गराउन सरकारसँग माग गरिन्।

राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ग्यासको अभावबाट जनताले ठूलो कष्ट व्यहोरिरहेको उल्लेख गर्दै उक्त समस्या समाधानमा ध्यान दिन आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरबहादुर विष्टले ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन सुझाव दिँदै जनताका समस्या समाधानमा गम्भीर बन्न आग्रह गरे ।

कांग्रेसका युवराज शर्माले एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी ग्यासको बिक्री वितरण व्यवस्थित र पारदर्शी बनाउन आग्रह गरे । सोही पार्टीका नारायणदत्त मिश्रले सुनसरीको देवागञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे ।

नेकपाका भुवनबहादुर सुनारले खाना पकाउने ग्यास अभावसम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापन, महँगी नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई सुझाव दिए । सोही पार्टीका मदनकुमारी शाह (गरिमा)ले निर्वाचनको समयमा जनतासामु व्यक्त वाचा पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघिको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान र आस्थाका केन्द्रमाथि आगजनी र तोडफोड भएका चिन्ता व्यक्त गर्दै आगामी दिन त्यस्ता घटना नदोहोरिने गरी पहलकदमी लिन सरकारलाई सुझाव दिए ।

नेकपाका राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्चको अभावमा नागरिकले ज्यान फाल्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सुरेशकुमार आलेमगरले सुकुमवासी र भूमिहीन समस्याको दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार