सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति #डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी#बन्दसत्रलाई सम्बोधन#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति
राजनीति

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश शर्मा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ : प्रधान न्यायाधीश शर्मा
फाइल तस
काठमाडौं, साउन २७ :

प्रधान न्यायाधीश डा मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डा शर्माले कानुन व्यवसायीले नैतिक मूल्यमान्यताप्रति प्रतिबद्ध भएर न्यायिक मर्यादा कायम गर्ने गरी काम गर्नुपर्ने बताए । उनले स्वतन्त्र, निश्पक्ष र इमानदारी पूर्वक कानुन व्यवसाय गर्न र परिषद्को निरन्तर विकास तथा उन्नतिको कामना गरे । आत्ममूल्याङ्कन गर्ने दिनका रूपमा आत्मसमीक्षा गरी पारदर्शिता र जवाफदेहिताको सफल अभ्यास गर्न उनले आग्रह गरे ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीन दशकदेखि निरन्तर काम गर्दै परिषद्ले न्याय समाजको मार्गदर्शकको रूपमा काम गरिरहेको बताइन् । उनले आगामी दिनमा कानुन व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्रै नभएर व्यावसायिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।

महान्यायाधिवक्ता तथा परिषद्का अध्यक्ष डा नारायणदत्त कँडेलले परिषद्को आत्ममूल्याङ्कनको दिनका रूपमा मनाइएको र आगामी दिनमा थप व्यावसायिक तथा  पारदर्शी तरिकाले काम गर्ने बताए । उनले परिषद्को संरचना प्रदेशस्तरमा पनि विस्तार गर्ने उल्लेख गर्दै सक्षम र मर्यादित कानुन व्यवसायी बनाई विधिको शासनमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले पारदर्शी तरिकाले परिषद्ले काम गरेको भन्दै कानुनी व्यवसायीको हकहितका लागि बारले निरन्तर काम गर्ने बताए । कार्यक्रममा ५० वर्ष वकालत गर्नुभएका कानुन व्यवसायी तथा परिषद्को परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

परिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रविनारायण खनालले कानुन व्यवसायीको क्षमता अभिवृद्धि गर्न  विभिन्न कार्यक्रम गर्दैआएको जानकारी दिए । विसं २०५१ साउन २७ गते स्थापना भएको परिषद्मा २४ हजारभन्दा बढी कानुन व्यवसायी आवद्ध छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार