बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार मनाेरञ्जन

‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ साउन, २०८३ मा प्रकाशित
‘द एभरेस्ट ड्रीम’ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
काठमाडौं, साउन २७ :

निर्देशक तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ ।

यही साउन २१ देखि २४ गतेसम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट ‘द एभरेस्ट ड्रीम’ मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्महरूको प्रतिस्पर्धामा ‘द एभरेस्ट ड्रीम’ले उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड प्राप्त गरेको हो ।

ब्रेन इन्जुरीबाट बाँचेका बेलायती नागरिकहरूको असाधारण सगरमाथा यात्रामा आधारित ‘द एभरेस्ट ड्रीम’ले गम्भीर मस्तिष्क चोटपछि जीवनसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरूले पुनः जीवनमा सपना देख्दै त्यसलाई पूरा गर्न गरेको प्रयासको कथा प्रस्तुत गरेको छ । डाक्टरहरूले पुनः सामान्य रूपमा हिँड्न, बोल्न वा दैनिक जीवनमा फर्किन कठिन हुने बताएका केही व्यक्तिहरूले हार नमानी नेपाल आएर सगरमाथा आधार शिविर पुग्ने सपना बोकेका थिए ।

द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना ब्रेन इन्जुरीबाट बाँचेका व्यक्ति तथा उनीहरूका परिवारसहित सात जनाको टोली सगरमाथा आधार शिविर पुगेको थियो । यही असाधारण यात्रालाई निर्देशक पाण्डेले करिब डेढ वर्ष लगाएर डकुमेन्ट्रीमा प्रस्तुत गरेका हुन् ।

‘द एभरेस्ट ड्रीम’मा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको योगदान रहेको छ । निर्देशक पाण्डेले ब्रेन इन्जुरीपछि पनि मानिसले आफ्नो जीवनमा नयाँ सपना देख्न सक्छ र त्यसलाई पूरा गर्न सक्छ भन्ने सन्देश विश्वभर पु¥याउन पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार