
ललितपुर, साउन २७ :
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरिएको हो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।उनलाई एक पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो । केही दिनअघि जनआस्था छापिएको तस्बिरसँग सम्बन्धित विषय भएको बुझिएको छ । उनी जनआस्था साप्ताहिका प्रधान सम्पादक हुन् । श्रेष्ठलाई भोलि (बिहीबार) अदालतमा उपस्थित गराउने तयारी छ ।