मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

चोरिएका ५० थान मोटरसाइक सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
चोरिएका ५० थान मोटरसाइक सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं, साउन २८ :

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला पारिएको सवारीसाधन सम्बन्धित सवरी साधन धनीलाई हस्तान्तरण गरेका हुन् ।

प्रहरीले सवारीसाधन चोरी हुन नदिन सुरक्षित स्थानमा पार्किङ गर्न तथा सवारीसाधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार