शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

सरकारलाई आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह-पूर्वाग्रहमा नलाग्न देउवाको आग्रह

भन्छन्- परिवर्तन व्यवस्थापनमा सहयोग गर्न तयार छु ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ साउन, २०८३ मा प्रकाशित
सरकारलाई आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह-पूर्वाग्रहमा नलाग्न देउवाको आग्रह
काठमाडौं, साउन २८ :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई आफ्नो दायित्वबाट विचलित भएर राजनीतिक आग्रह–पूर्वाग्रह साँध्नेतर्फ नलाग्न आग्रह गरेका छन्।

सिंगापुरमा उपचार गराएर करिब छ महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकार राजनीतिक आग्रह–पूर्वाग्रहमा केन्द्रित भए त्यसले मुलुकको हित नगर्ने बताएका हुन्। उनले मुलुकमा भइरहेको परिवर्तन व्यवस्थापन प्रक्रियामा आफू सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे।

जनताको आकांक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै देउवाले ताजा जनमतबाट सत्तामा पुगेको दलले जनताको मतको सम्मान गर्न नसके मुलुकमा अर्को दुर्घटना निम्तिन सक्ने चेतावनी दिए।

‘लोकतन्त्रमा जनतानै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले भने, ‘वर्तमान सरकारले जनताको मतलाई कदर गर्नुपर्छ।’

उनले सरकारको मुख्य दायित्व जनताको अपेक्षा सम्बोधन गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा अघि बढाउनु रहेको बताए। राजनीतिक प्रतिशोध वा आग्रह–पूर्वाग्रहका आधारमा अघि बढ्दा त्यसले लोकतान्त्रिक व्यवस्था र मुलुकको हितमा नकारात्मक असर पार्न सक्ने उनको भनाइ थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार