काठमाडौँ, साउन १९ : काभा महिला भलिवल नेसन्स कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिश्पर्धा हुँदैछ ।

  दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा नेपालले भारतसँग भिड्ने छ ।
    
नेपालले यसअघिका दुबै खेल जितिसकेको छ ।

यो प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । 

यसअघि हिजो भएको खेलमा  इरानले श्रीलङ्कालाई पराजित गरेको छ ।  इरानले श्रीलङ्कामाथि ३–२ को सेटमा  खेल जितेको हो।