
फाइल तस्बिर ।
नेपाली कांग्रेसका सभापति गगन थापाले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बीपीको नामको सहारा खोज्ने गरेको आरोप लगाएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा सभापति थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति कांग्रेसभित्रै बढेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरेका हुन्।
आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंग जोडेर बीपीलाई ढाल बनाउने प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने सभापति थापाले बताए। उनले बीपी कोइराला, गणेशमान सिंह जस्ता नेताहरूलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र कैद गर्न नहुने बताए।
सभापति थापाले बीपीको अपव्याख्या भइरहेको भन्दै थापाले बीपीको आह्वानमा आन्दोलनमा होमिएका धर्म गौतमजस्ता पुराना पुस्ताका अभियन्ताहरूले वास्तविकता बुझाउनुपर्ने बताए।
बीपीका आर्थिक विकास, उत्पादन र प्रविधिको प्रयोगसम्बन्धी धारणालाई अहिलेको एआईको सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने बताए ।