शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सेनाद्वारा जाजरकोट पहिरो प्रभावित ३०० जनाको उद्धार

मनसुन अझै सक्रिय छ, सतर्क रहनुहोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ साउन, २०८३ मा प्रकाशित
सेनाद्वारा जाजरकोट पहिरो प्रभावित ३०० जनाको उद्धार
जाजरकोट, साउन ३१ :

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ । 

पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरुको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको टोलीले पहिरोमा परी घाइते भएका आठ जनाको उद्धार तथा चार शव निकालेको निर्देशनालयले जनाएको छ ।

र यो पनि…

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार