शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

धादिङको चालिसे स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक संचालनमा आयो

सक्रिय न्युज · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
धादिङको चालिसे स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक संचालनमा आयो
धादिङ, भदौ १ :

धादिङको गजुरी गाउँ पालिका २ चालिसे स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले संचालनमा आएको छ ।

प्रहरीले पहिरो पन्छाएर दुई तर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।

आज बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार