
काठमाडौं, भदौ १ :
जिल्ला अदालत काठमाडौंले ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीको मागबमोजिम अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन समय थप गरेको हो ।
जिल्लाबाट म्याद लिएपछि मात्रै प्रहरीले बन्दीप्रत्यक्षीकरणको मुद्दामा उपस्थित गराउन सर्वोच्च लगेको छ।सर्वोच्चले उनलाई जफत भएका सामग्रीसहित आज उपस्थित गराउन आदेश आदेश दिएको थियो । सर्वोच्चले उनको थुनाको औचित्यबारे सुनुवाइ गरी आदेश दिनेछ।
गत बुधबार राति पक्राउ परेका उनलाई यसअघि दिइएको ३ दिनको म्याद सकिएपछि प्रहरीले आज पुनः अदालतमा उपस्थित गराएको थियो ।