मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति आवश्यकता : ज्ञानेन्द्र शाही

कानुन संशोधन गरेर या के गरेर हुन्छ अपराधीलाई कारबाही हुनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति  आवश्यकता : ज्ञानेन्द्र शाही
काठमाडौं, भदौ २ :

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि अध्ययन गर्न संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता शाहीले बैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको समाधानका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्। यस राष्ट्रिय समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए।

उनले  वार्षिक करिब ७ लाख युवा विदेश जाँदा झन्डै १ लाख ५० हजारभन्दा बढी मानिस ठगीमा पर्ने गरेको बताए ।  भिसा दिने र काम दिलाउने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको र ठगीलाई धन्दाकै रूपमा चलाइएको उनले बताए । ठगी गर्नेहरुलाई कडा कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त भए तत्काल संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार