शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

निर्वाचनलाई समय सापेक्ष रुपमा सुदृढ गर्ने : प्रमुख आयुक्त कार्की

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
निर्वाचनलाई समय सापेक्ष रुपमा सुदृढ गर्ने : प्रमुख आयुक्त कार्की
काठमाडौं, भदौ २ :

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताएका छन्।

आयोगको कार्यालयमा आज पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उनले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम् कामहरुका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराएका थिए ।

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार