मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

मिटरब्याज तथा सहकारी पीडितको आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको ऐक्यबद्धता

समस्याको दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ भदौ, २०८३ मा प्रकाशित
मिटरब्याज तथा सहकारी पीडितको आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको ऐक्यबद्धता
ललितपुर, भदौ २ :

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेषगरी मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितहरुको समस्या समाधान गर्न आग्रह गरेकी छन् ।

करिव एक सातादेखि ललितपुरको पुलचोकस्थित मानव अधिकार आयोग र युएन हाउस अगाडि सडकमा धर्नामा बसिरहेका मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाउदै भण्डारीले समस्या समाधान गर्न आग्रह गरेकी छन्।

पीडितहरूले भोगिरहेका समस्याहरूको आफूले जानकारी लिएको र त्यसलाई गम्भीरतापूर्वक समाधान गरिनुपर्ने उनले बताइन् । उनले विगतको सरकारले गरेको सम्झौतालाई आधार बनाएर हालका समस्याहरूलाई जरैदेखि दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिइन् ।

भण्डारीले सामाजिक न्यायका लागि भइरहेको आन्दोलन र यसलाई समर्थन गर्ने सबैप्रति ऐक्यबद्धता जनाइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार