काठमाडौं, भदौ ३ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन। 

रास्वपाले मन्त्री र सांसदहरुको आचरण र सदनमा प्रस्तुत हुने शैली ठिक नभएको भन्दै आलोचना हुन थालेपछि रास्वपा सभापति रवि लामिछानेले उनीहरुलाई डाकेर अनुशासनको पाठ पढाएका छन् । त्यतिमात्र होइन मर्यादामा रहेर प्रस्तुत हुन समेत निर्देशन दिएका छन् । 

प्रमुख दल नै आन्तरिक छलफलमा व्यस्त भएका कारण बैठक प्रभावित भएको हो । प्रतिनिधि सभामा १८२ जना रास्वपाका सांसद रहेका छन्। संसद् नियमावलीमा कुनै पनि सभाको निर्धारित बैठक दुई घण्टाभन्दा ढिला भएमा नयाँ समयतालिका टाँस्नुपर्ने प्रावधान छ ।