शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

सक्रिय न्युज · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
बाजुरा, भदौ ५ :

गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि उच्च जोखिममा रहेका १४ घरका  ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान  पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका  ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ ।

यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई  आह्वान गरेका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार