ललितपुर, भदौ ५ :

काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचनामा डोजर चलाएको छ । 

शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइनका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो । करिब १२ वर्षपछि अतिक्रमित गरि बनाएका संरचना हटाउन सफल भएको  भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए।

भेल्पा–हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो ।  

आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो । तर सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो ।