सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाए : आनन्दप्रसाद ढुंगाना

ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेकाले यस्तो भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाए : आनन्दप्रसाद ढुंगाना
काठमाठौं, भदौ ५ :

नेपाली कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि सरकारका मन्त्रीहरुले जनताप्रति गैरजिम्मेवारीपन देखाएको बताएका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ढुंगानाले आफ्ना वाचाहरू पूरा गर्न नसकेपछि जनतालाई ‘आफ्नो भोट फिर्ता लैजाऊ’ भन्नु गैरजिम्मेवारीपन र ओठे जवाफ भएको बताएका हुन् । गृहमन्त्री सुधन गुरुङले केही दिनअधि गोरखामा स्थानीयवासीले निर्वाचनको समयमा गरेका वाचा स्मरण गराउँदा त्यस्तो जवाफ दिएका थिए । 

उनले ड्रम बजाउने र नाच्ने मान्छेहरू जिम्मेवार पदमा पुगेका कारण यस्तो गैरजिम्मेवार परिस्थितिको सिर्जना भएको उल्लेख गरे । ढुंगानाले मुलुकलाई फेरि निर्दलीय व्यवस्थातर्फ धकेल्न खोजिएको आशंका व्यक्त गर्दै त्यसका विरुद्ध जनता र सांसदहरू जुनसुकै बलिदान दिन तयार रहेको धारणा राखे । अहिले मुलुकको राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको र राष्ट्रवादी शक्तिहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार