मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
खेलकुद क्रिकेट

दोस्रो एकदिवसीय अभ्यास खेल : नेपालको लगातार दोस्रो जित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
दोस्रो एकदिवसीय अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
फाइल तस्बिर ।
काठमाडौं, भदौ ५ :

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास (एसिसी प्रिमियर कपको अभ्यास) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा नेपालले आज त्यहाँको कर्नाटक राज्यस्तरीय टोलीलाई पाँच विकेटले हरायो ।

आजको खेलमा कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा मध्यक्रमका ब्याटर देव खनालले शतकीय पारी खेले । उनले ११३ बलमा चार चौका र दुई छक्कासहित अविजित १०० रनको पारी खेलेका हुन् ।

आसिफ शेखले ३८, सन्दीप जोराले ३०, अर्जुन कुमालले २६ र रोहितकुमार पौडेलले १२ रन जोडे । अविजित रहेका बसिर अहमदले अविजित २२ रन बनाए । कर्नाटकका लागि बलिङतर्फ एल बन्नुर, आदित्य गोयल, अरविन्दकुमार राई, रितेश भटकल र चीरन्थ शिवरुद्रले समान एकरएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४२ रन बनाएको थियो । उसका लागि शरथ श्रीनिवासले ४८, सहर्ष रेड्डीले ४३ रन, रितेश भट्कलले ३७, समर्थ श्रीनिवासले ३२ र फैजान खानले २० रन बनाएका थिए ।  

नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीन/तीन तथा हेमन्त धामीले दुई विकेट हात पारे । कर्नाटकविरुद्धको पहिलो अभ्यास खेलमा नेपालले ११६ रनको जित निकालेको थियो । नेपाली टिम केही दिन थप अभ्यास गरेर भारतबाटै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्ने तालिका छ । प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार