मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
समाचार

गुरु नानकको जन्मजयन्ती मनाइँदै

सक्रिय न्युज · ७ मिनेट अगाडि प्रकाशित
गुरु नानकको जन्मजयन्ती मनाइँदै
काठमाडौं, मंसिर ८ :

विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिएका थिए । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडी भन्ने स्थानमा भएको थियो । हाल उक्त स्थानलाई ननकाना साहिब भनिन्छ । उनी शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुन् ।  अनुयायीले उनलाई बाबा नानक र नानकशाहका नामले पनि सम्बोधन गर्छन् ।

उनले रचना गरेको ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा परिचित छ । शिख धर्मावलम्बीले उक्त ग्रन्थको नियमित पाठ गर्ने गर्छन् । गुरुद्वारामा आज श्रद्धालुलाई सामूहिक भोजन गराइन्छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार