शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

नेपाल ए पहिलो जितको खोजीमा बङ्गलादेश हाई परफर्मेन्ससँग भिड्दै

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
नेपाल ए पहिलो जितको खोजीमा बङ्गलादेश हाई परफर्मेन्ससँग भिड्दै
काठमाडौं, भदौ ६ :

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ ।

डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

नेपाल ‘ए’ ले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ । प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा सुधारको अवसर बाँकी छ ।

नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो ।

उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो । प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपालका लागि आजको खेलपछि पनि अगाडि बढ्ने पर्याप्त अवसर रहनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार