शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध
फाइल तस्बिर ।
काठमाडौं, भदौ ६ :

पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५:३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध  दुवै सडक खुलाउने प्रयास जारी छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार