शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

सक्रिय न्युज · शनिबार, ६ भदौ, २०८३ मा प्रकाशित
सेती नदीमा टिपर खस्दा चालक बेपत्ता
तनहुँ, भदौ ६ :

तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीस्थित सेती नदीमा आज टिपर खस्दा चालक बेपत्ता भएका छन् ।

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना १ क ७२४७ नम्बरको टिप्पर सेती नदीमा खसेको हो ।

चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा सेती नदीमा टिपर चालकको खोजीकार्य भइरहेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार