ललितपुर, भदौ ७ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनसरोकारका विषयलाई संसद्मा सशक्त ढंगले उठाउन पार्टी प्रतिबद्ध रहेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा बोल्दै सभापति थापाले जनसरोकारका विषय प्रभावकारी रूपमा संसद्मा उठाउन पार्टीका नेताहरू सुसूचित हुनुपर्ने बताए।

उनले संसदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न तथा नीतिगत विषयमा स्पष्ट धारणा बनाउन यस्ता छलफल र बहस महत्वपूर्ण हुने उल्लेख गरे।

सभापति थापाले पार्टीका नेताहरूले बौद्धिक बहस तथा नयाँ विषयवस्तुबारे पर्याप्त जानकारी राख्नुपर्नेमा समेत जोड दिए। बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा निरन्तर अध्ययन र छलफल आवश्यक रहेको उनको भनाइ थियो।