शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश बागमती प्रदेश

बागमती प्रदेशसभा बैठक भोलि

सक्रिय न्युज · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
बागमती प्रदेशसभा बैठक भोलि
मकवानपुर, भदौ ८ :

बागमतीे प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे हुने भएको छ । बैठक प्रदेशका मुख्य मन्त्री किरण थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको हो ।

आज साँझ ८ बजेका निर्धारण गरिएको बैठक भोलिका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले  जानकारी दिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गर्नुभएको उनले बताए ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार