भदौ १० :
भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा हालसम्म १२ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट-६, मैलुङबाट-२ र धुन्चेबाट-४ गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको हो । उक्त इलाकामा नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिरहेको छ ।
यसका साथै नेपाली सेनाको मेडिकल टोलीद्वारा त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाईएको छ।