शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार भिडियो

कांग्रेसले कार्यकर्ताहरूलाई बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गर्ने

सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
कांग्रेसले कार्यकर्ताहरूलाई बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकका रूपमा परिचालन गर्ने
काठमाडौं, भदौ ११ :

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् प्रतिकार्य, राहत, दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेले आह्वानमा बसेको सर्वदलीय बैठकपछि सभापति थापाले नागरिक तथा गैर–सरकारी संयन्त्र राज्यकै शक्ति भएकाले सरकारले सबैलाई आफ्नो आवश्यकता अनुसार परिचालन गर्न पाउने र दलहरू त्यसका लागि तयार रहेको बताए ।

उनले गृहमन्त्रीको आग्रह अनुसार विपद्‍ग्रस्त क्षेत्रमा सडक खुलाउन, भग्नावशेष पन्छाउन तथा खोज–उद्धारमा मद्दत पु¥याउन पार्टीका कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गरिने उल्लेख गरे ।

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे । 

त्यस्तै उनले राहत वितरणमा दोहोरोपन हुन नदिन र सबै पीडितसमक्ष समान रूपमा सहायता पुगोस् भन्नका लागि संकलित राहत रकम तथा सामग्री सरकारको विपद् कोषमार्फत एकद्वार प्रणालीबाट मात्र परिचालन गर्ने सहमति भएको जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार