बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

भोटेकोसी बाढीले बगाएका ७६८ जनाको शव फेला, १६० जना उपचारपछि डिस्चार्ज

२५ जना प्रहरी अझै सम्पर्कविहीन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीले बगाएका ७६८ जनाको शव फेला,  १६० जना उपचारपछि डिस्चार्ज
काठमाडौं, भदौ १४ :

रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ७६८ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसोसम्म उक्त संख्यामा शव फेला परेको हो । बाढी प्रभावित विभिन्न क्षेत्रबाट २ हजार ७१५ जनाको उद्धार गरिएको पनि जनाइएको छ।

प्रहरीका अनुसार हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २६४ जना छन्। त्यसपछि पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ। शव फेला पर्ने क्रम जारी रहेकाले मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

यस्तै, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकामध्ये नुवाकोटबाट २ हजार २० जना र रसुवाबाट ६९२ जना रहेका छन्। धादिङबाट तीन जनाको उद्धार गरिएको छ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ। बाढी तथा पहिरोका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। 

बेपत्ताको खोजी तथा उद्धार कार्यका लागि ७ हजार २३३ जना प्रहरी परिचालन गरिएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार