मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
प्रदेश बागमती प्रदेश

सम्भावित विपद्लाई ध्यानमा राख्दै चीन सरकारद्वारा झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द

रसुवामा जस्तै तातोपानी नाकामा पनि बाढी आउनसक्ने अनुमान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ भदौ, २०८३ मा प्रकाशित
सम्भावित विपद्लाई ध्यानमा राख्दै चीन सरकारद्वारा झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द
सिन्धुपाल्चोक, भदौ १६ :

चीन सरकारले नेपाल–चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ ।

सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिए।

“हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, “हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ , कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।”

रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ ।

उहाँका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पु¥याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ ।

चिनियाँपक्षले सेप्टेम्बर ३ तारिकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिन अघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो ।

चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे बताइएको छैन ।

भन्सार अधिकृत पाण्डेले चिनियाँपक्षले खुल्ने बित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो ।

तातोपानी नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साघुँरिएको छ । दशैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका  व्यवसायीहरुको भनाइ छ ।

न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन ।

अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो ।

सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपछि अस्थायी रुपमा सडक सञ्चालन भएको थियो । त्यसपछि पछिल्लो पटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए ।

झाङ्मु पोर्ट बन्दगरिए पछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि काम विहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन् ।

खासा भन्दा माथि न्यालम र थिङ्रीमा फलफूलबोकेका ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष सुजित बस्नेतले बताए ।

उनका अनुसार ४० करोड रुपैयाँ बराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दशैँ–तिहार लक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार