गण्डकी, कात्तिक ४ :

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

लामिछानेलाई आज सार्वजनिक बिदा परेका कारण भोली मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै हिजो काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा पुर्‍याइएको थियो ।